सेवा हस्पिटलको आइसियुमा उपचाररत बिरामी र नर्सलाई कोरोना संक्रमण

कास्की सेवा हस्पिटल पोखरा १२ मा उपचाररत बिरामी र नर्समा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ३० र ३२ वर्षका २ महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । संक्रमित ३० वर्षीया नर्स पोखरा १४ की बासिन्दा हुन् भने बिरामी ३२ वर्षीया महिला पोखरा १२ की बासिन्दा हुन् ।

ती नर्समा संक्रमितसँग सम्पर्कको आधारमा खोजपड्ताल गर्दा कोरोना पुष्टि भएको र बिरामीमा भने लक्षण देखिएपछि जाँच गरिएको स्रोतले जनाएको छ । ३२ वर्षीया महिला अस्पतालको आइसियुमा उपचाररत छिन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।