पोखरा महानगरमा शनिबारै १६ जनामा कोरोना पुष्टि भएको छ । पहिलो अध्यावधिक विवरण अनुसार पोखरा ९ की एक ६ वर्षीया बालिका कोरोना संक्रमित भएकी थिइन् ।
वडा नं. ९ कै ६१ वर्षीया महिला पनि संक्रमित भएकी छिन् । पोखरा ४ का ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा नयाँ १३ संक्रमित फेला परेका छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ ।




