सिरहाका एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।
मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौ ३ गते मृत्यु भएका ती पुरुषमा शुक्रबार राति कोरोना पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले बताए ।
भदौ २ गते गाउँमै उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो। उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते मृत्यु भएको प्रजिअ कणेलले बताए।
मृतक मधुमेह तथा उच्च रक्तचापको बिरामी थिए। रिपोर्ट नआउँदै ती पुरुषको मृत्यु भएपछि उनको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको मलामी गएका २० जनालाई अहिले क्वारेन्टिनमा राखिएको प्रजिअको कणेलले जानकारी दिए।
क्वारेन्टिनमा बसेकाहरुको पाँच दिनपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने उनले बताए।
‘मधुमेह र हाई बल्डप्रेसरका बिरामी थिए। अहिले मलामी गएका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।




