पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
इमर्जेन्सी बिभागमा कार्यरत ती ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मी केहि दिनदेखि होटल क्वारेन्टाइनमा थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले बताए ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ ।




