पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान संक्रमण पुष्टि गरेका दुवै पर्यटक प्रहरी हुन् ।
निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएको जनाएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ ।

प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७२ छ ।




