पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।
अस्पतालको आईसियुमा उपचाररत पोखरा महानगरपालिका ११ की ३२ बर्षिया महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । भदौ ७ गते उपचारका लागि अस्पताल आएकी उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ व्यक्ति हुन् भने पोखराको तेस्रो हुन् ।




