पोखरा १७ का संक्रमित होटल क्वारेन्टिनमा थिए

पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा १७ का कोरोना संक्रमित होटल क्वारेन्टिनमा रहेका युवा हुन् ।

महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले होटल क्वारेन्टिनमा रहेका २८ वर्षीय पुरुषमा संक्रमण भएको पुष्टि गरे ।

उनी ९ दिनअघि भारतबाट आएका थिए । भारतीय सेनामा कार्यरत उनी छुट्टीमा आएर होटल क्वारेन्टाइनमा थिए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५२ पुगेको छ ।