सरकारले लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने भएको छ ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र कोभिड अस्पताललाई पत्राचार गरी १० मा गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । पत्राचार अनुसार विरामी डिस्चार्ज नभएमा सरकारले सोधभर्ना नव्यहोर्ने पनि भएको छ ।




