पोखरा १६ का २ वृद्धमा संक्रमण, समुदायमै फैलिएको आशंका

पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय वृद्धलाई कोरोना देखिएको हो ।

पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहँदा कोरोना भाइरसको लक्षणपछि उनीहरुलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुमा संक्रमणको स्रोत नदेखिएको र समुदायमै कोरोना रहेको हुन सक्ने पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए।

शुक्रबार बिहानै पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै पर्यटक प्रहरी हुन् । पोखरा ३० की एक ५० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनी कन्ट्रयाक्ट ट्रसिङमा परेकी हुन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २५ पुगेको छ ।