स्वास्थ्य

कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको छ । तनहुँको ब्यास २ की ती महिलाको त्रिवि शिक्षणमा मंगलबार निधन भएको हो । उनलाई मंगलबार नै अल्का अस्पताल, ललितपुरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो । ती महिला मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी थिइन् । उनमा मंगलबार नै कोरोना पुष्टि भएको हो । अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । पुरा पढौ

एकै पटक ४ शिशु जन्माएकी महिलाको मृत्यु

धनुषामा महिलाले एकै पटकमा चार शिशु जन्माएकी छिन् । शिशु जन्मिएपछि महिलाको भने मृत्यु भएको छ । विदेह नगरपालिका–७ जोगियाराकी अमिरुल खातुनले जनकपुरधामको काब्या अस्पतालमा मंगलबार राति शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन् । उनको आइसियुमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको उनको स्वाब परीक्षणका लागि पठाइएको छ । अहिले चारै बच्चालाई एनआईसीयूमा राखिएको छ । पुरा पढौ

आफैं पैसा तिरेर जाँच गराएका युवालाई कोरोना

पोखरामा आफैं पैसा तिरेर जाँच गराएका एक २४ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ । तनहुँको ब्यास ६ का बासिन्दा उनी अहिले पोखराको अमरसिंह चोकमा बसोबास गर्छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४६ पुगेको छ । पुरा पढौ

पार्कल्यान्ड अस्पतालकी नर्स र पोखरा १७ का २० प्रहरीलाई कोरोना

गण्डकी प्रदेशमा पछिल्लो अपडेटअनुसार ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्स संक्रमित भएकी छिन् । २६ वर्षीया उनी तनहुँ जिल्ला, सुक्लागण्डकी १ की बासिन्दा हुन् । यस्तै, पोखरा महानगरपालिका १७ का २० प्रहरीलाई संक्रमण पुष्टि भएको छ । उनीहरु डेमसाइडमा रहेको गण्डकी प्रदेश प्रहरी गणमा कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय गण्डकीले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २… पुरा पढौ

लकडाउन, निषेधाज्ञामा पनि संक्रमण किन बढिरहेको छ ?

निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले | मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले | तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले | पुलिंग मेथडबाट संबेदनशील स्थानमा मास टेस्टिंग नगरेकोले | जनचेतनाका प्रभावकारी बिज्ञापन, टेलिफ्लिम, कार्यक्रम ( बिभिन्न मातृभाषामा सहित ) निर्माण नगरेकोले | नागरिक परिचालन नगरेकोले | भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्बासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका ब्यबसायी, फोहोर तथा कवाड… पुरा पढौ

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१ औँ शताब्दी आइपुग्दासम्म धेरै वैज्ञानिक चमत्कार भए । मानव सभ्यता सँगसँगै धेरै खोजको विकास भयो । जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हाम्रो जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापनसँग जोडिएको हाम्रो जीवन अहिले खोजमूलक, सभ्यतामूलक, सुविधायुक्त जीवनशैली र भविष्यसँग जोडिएर जिउने क्रमको विकास अगाडि बढेको पाइन्छ । जति जति विकासको क्रम अगाडि बढ्छ, त्यससँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं । बेला… पुरा पढौ

डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनीहरु ह्याम्स अस्पतालमा भर्ना भएका छन्। उनीहरु आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’ पुरा पढौ

काठमाडाैं महानगर प्रमुख शाक्यलाइ काेराेना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् । पुरा पढौ

प्रतिरक्षा प्रणाली, स्वतः प्रतिरोध क्षमता तथा जोर्नी रोग

हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ। तिनीहरूले हामीलाई आक्रमण गर्छन् र हानीपुर्‍याउँछन्। हाम्रो शरीरले लगातार यी आक्रमण र चोट विरुद्ध आँफुलाई बचाऊँछ। यो कार्य प्रतिरक्षा प्रणाली (Immune system) द्वारा प्रभावकारीरूपमा गरिएको हुन्छ। रक्षाको अतिरिक्त, प्रतिरक्षा प्रणालीले अन्य धेरै नियामक कार्यमा पनि भाग लिन्छ। प्रतिरक्षा प्रणाली, कोषहरू, लिम्फोइड अंगहरू र थुप्रै प्रोटिन तथा गैर-प्रोटीनहरू मिलेर बनेको हुन्छ। श्वेत रक्त-कोषिकाहरु… पुरा पढौ

होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं