मानव सभ्यताको २१ औँ शताब्दी आइपुग्दासम्म धेरै वैज्ञानिक चमत्कार भए । मानव सभ्यता सँगसँगै धेरै खोजको विकास भयो । जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हाम्रो जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापनसँग जोडिएको हाम्रो जीवन अहिले खोजमूलक, सभ्यतामूलक, सुविधायुक्त जीवनशैली र भविष्यसँग जोडिएर जिउने क्रमको विकास अगाडि बढेको पाइन्छ ।
जति जति विकासको क्रम अगाडि बढ्छ, त्यससँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं । बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्वमा नै देखा पर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बताउँछ । अहिले फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तब्ध र तनावको स्थितिमा छ ।
विश्वभर पेनडेमिक रुपमा फैलिएको यो संक्रमणले विस्तारै सदियौंदेखि मिलेर बसेका हामीलाई मानिसदेखि मानिस नै डराउनुपर्ने, एक ठाउँमा थुनिएर बस्नुपर्ने, एक अर्कालाई समस्यामा पनि सहयोग गर्न नपाइने, तपाई हाम्रा पेशा, व्यवसाय, हाम्रो पारिवारिक जीवन, सामाजिक जीवन, अैँचोपैँचो, आईजाई सबैमा प्रश्नचिह्न खडा गरेको परिस्थिति छ ।
हाम्रो जनजीवनलाई ध्वस्त पार्ने गरी कोरोनाले हाम्रो समुदायमा डेरा जमाएको करिब ६ महिना यस भएको छ ।
कोरोना भाइरसको पहिचान डिसेम्बर २०१९ मा वुहान, हुवेइ, चीनमा भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस भाइरसहरुको ठूलो परिवार हो । जसका कारण जनावर वा मानिसमा बिसञ्चो हुन्छ । मानिसमा कोरोना भाइरसका कारणले श्वासप्रश्वासमा इन्फेक्सन हुने हुन्छ । जसका कारण रुघाखोकीदेखि गम्भीर रोगहरु जस्तो कि डिमल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम हुन सक्छ ।
अहिले पहिचान भएको कोरोना भाइरस रोग कोभिड १९ संक्रमणपछि ज्वरो आउने, खोकी लाग्ने, थकान महसुस हुने, स्वास फेर्न गाह्रो हुने, स्वाद थाहा नहुने हुन सक्छ । हाम्रो जनजीवनलाई ध्वस्त पार्ने गरी कोरोनाले हाम्रो समुदायमा डेरा जमाएको करिब ६ महिना यस भएको छ । यस अवधिसम्म न त यसको भ्याक्सिन पत्ता लागेको छ, न त यति समयमा पत्ता लाग्छ भन्ने कुनै ठेगान छ ।
एक पटक नेगेटिभ देखिदैमा पोजेटिभ हुँदैन भन्ने पनि छैन, पोजेटिभ देखिदैमा अब सञ्चो नै हँुदैन भन्ने पनि छैन । आइसोलेसन यसको यसको उपचार पद्धति पनि हैन, कुनै पनि स्वस्थ मानिसले जाँच गराउँदा पनि कोरोना पोजेटिभ देखिने र नदेखिने सम्भावना आधाआधा नै रहन्छ । आइसोलेसन र क्वारेन्टाइन भनेको संक्रमण नफैलोस् भनेर गरिने उपचार विधिमात्र हुन् ।
एक पटक नेगेटिभ देखिदैमा पोजेटिभ हुँदैन भन्ने पनि छैन, पोजेटिभ देखिदैमा अब सञ्चो नै हँुदैन भन्ने पनि छैन ।
कोरोना रोगीको सम्पर्कमा आएका सबैलाई यो सरेको छ भन्ने पनि छैन । साधारण माक्सको प्रयोग गर्नाले कोरोनाको संक्रमण रोक्न सक्छ भन्ने पनि छैन । सामान्य रुघाखोकी लाग्दासमेत औषधी खानुपर्ने अवस्थामा विना औषधी ६५.६ प्रतिशत बिरामी निको भएको देखिन्छ ।
कोरोना लाग्ना साथ मान्छे मर्छ भन्ने कुरा गलत साबित भइसकेको छ । तपाई, हामीले स्वास लिने वायुमण्डलमा कैयन प्रकारका भाइरस हुन्छन् । त्यस्ता भाइरसलाई मानिसले आफंै पचाउन सक्दैनथ्यो भने मानवजीवनको अस्तित्व नै समाप्त हुने थियो । त्यस्ता कैयन प्रकारका भाइरसलाई मानिसले सहज रुपमा पचाउन सक्दछ ।
यसरी कोरोनासँग भाग्ने हो भने, डराउने हो भने मानव अस्तित्व नै समाप्त हुने प्रायः निश्चित छ । विश्वभरमा यस्ता कैयन रोगले महामारीको रुप धारण गरे र ठूलो परिणाममा मानवजीवनको नास भएका कुरा इतिहासका पानाबाट थाहा पाउन सकिन्छ ।
कोरोनासँग भाग्ने हो भने, डराउने हो भने मानव अस्तित्व नै समाप्त हुने प्रायः निश्चित छ ।
यी सबैका बाबजुद अहिले समुदायमा कोरोनाको संक्रमणका कारणले भन्दा पनि यसको कहरले बढी क्षति भएको पाइन्छ । मानव सभ्यता विपरीत सामाजिक सद्भाव बिथोलिने गरी व्यवहार गरेको देखिन्छ । अग्रपंक्तिमा रहेका सुरक्षा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समन्वयकारी भूमिका निर्वाह गर्ने जनप्रतिनिधिप्रति समुदाय जिम्मेवार हुनुपर्नेमा उहाँहरुलाई नै सामाजिक बहिस्कार गर्ने परिपाटीको विकास भएको देखिन्छ ।
आजका मिति (३० अगष्ट २०२०) सम्म विश्वभरका १ सय ८८ राष्ट्रमा २ करोड ५० लाखमा कोरोनाको संक्रमणमा रहेको तथ्याङ्कले देखाउछ । संक्रमितमध्ये ८ लाख ४३ हजार (३ प्रतिशत) को मृत्यु भएको छ । त्यस्तैगरी, १ करोड ६४ लाख (६५.६ प्रतिशत) सन्चो भएर घर फर्केको अवस्था छ भने बाँकीे उपचार गराइरहेका छन् ।
जबसम्म हामीले यसरी संक्रमणको रुपमा फैलने रोगहरु वा अन्य अवस्थामा हामीले हामीबीचको सदाचार, एकतालाई भुल्यौं भने हाम्रा सामाजिक मूल्य, मान्यतालाई भुल्यौं भने समुदायमा देखा पर्ने यस्ता खालका संक्रमणले हामीलाई सजिलै परास्त गर्न सक्छन् ।
हामीले हामीबीचको सदाचार, एकतालाई भुल्यौं भने हाम्रा सामाजिक मूल्य, मान्यतालाई भुल्यौं भने समुदायमा देखा पर्ने यस्ता खालका संक्रमणले हामीलाई सजिलै परास्त गर्न सक्छन् ।
अहिलेको परिस्थितिमा तपाई, हामी जो कसैलाई पनि यो संक्रमण हुन सक्छ । तसर्थ संक्रमितलाई हेयको भावना होइन, उत्प्रेरण जगाउने र माया, ममताको आवश्यकता छ । एक पटक सोचौं त यो संक्रमण तपाई, हामीलाई वा हाम्रो परिवारलाई देखिएको÷देखिने हो भने हामी के गथ्र्यौं होला ? सोचौं त यो संक्रमण तपाई, हामीसम्मन नपुगोस् यसलाई फैलनबाट रोक्न सकियोस् भनेर सरकार र यसका संयन्त्रहरु प्रशासन, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु दिनरात नभनी लागिनपर्नु भएको भए अझै अवस्था कस्तो हुन्थ्यो होला ?
यस्तो अवस्थामा हाम्रालागि पहरेदारको रुपमा रहेकाहरुको स्वास्थ्य अवस्था, सामाजिक जीवनको बारेमा सोच्ने जिम्मेवारी तपाई, हाम्रो हैन र ? कसरी हामी सबै कुरा भुली हेलाको भाव अगाडि बढाउन सक्छौं ? माया साटे माया बढ्छ भन्ने कुरा कसरी चटक्क बिर्सन सक्छौं ?
जसरी हामी परापूर्व कालदेखि मिलेर बसेका छौं, त्यो सद्भावलाई सदैव कायम राख्न जरुरी छ । तपाई हाम्रै लापरवाहीका कारण दिनदिनै संक्रमण बढ्ने क्रम जारी छ । तसर्थ यसलाई रोक्न हामी सबै सचेत हुन जरुरी छ । तपाई, हाम्रो परिवारमा र छरछिमेकमा अझै चेतनाको स्तर उकास्न जरुरी छ ।
संसार प्रेममा अडिएको छ । प्रेम बाँडौं ।
लेखक पोखरा महानगरपालिका वडा नं. ७ का वडा सदस्य हुन् ।









