कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको छ । तनहुँको ब्यास २ की ती महिलाको त्रिवि शिक्षणमा मंगलबार निधन भएको हो ।

उनलाई मंगलबार नै अल्का अस्पताल, ललितपुरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो । ती महिला मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी थिइन् । उनमा मंगलबार नै कोरोना पुष्टि भएको हो ।

अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।