स्वास्थ्य

गाउँपालिका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले… पुरा पढौ

गण्डकीमा थपिए ३२ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । पोखरा महानगरपालिका १६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् । स्याङ्जा पुतलीबजार ३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका ९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल… पुरा पढौ

मुस्ताङ ः ग्रीन जोन सावित गर्न स्वाब संकलन

कोरोनामुक्त भनिएको मुस्ताङमा शनिबार नमूना स्वाब संकलन भएको छ । मुस्ताङ जिल्ला अस्पताल जोमसोम र लेते प्राथमिक स्वास्थ्य चौकीले सदरमुकाम जोमसोम र म्याग्दी र मुस्ताङको सिमाना घासामा अलग—अलग नमूना स्वाब संकलन गरेको जनाईएको छ । जिल्ला अस्पताल जोमसोमको पहलमा स्थानीयतहको स्वास्थ्य शाखा,प्रशासन र सुरक्षाकर्मीको समन्वयमा ५२ जनाको नमूना स्वाब संकलन भएको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।यस्तै ,मुस्ताङको थासाङ—४ घासामा १५ जनाको नमूना स्वाब संकलन भएको वडाध्यक्ष विशाल… पुरा पढौ

स्याङ्जाका वृद्धको कोरोनाबाट पोखरामा मृत्यु

स्याङ्जाका ८५ वर्षे पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पुतलीबजार नगरपालिका १ का ती पुरुषको बिहान साढे ६ बजे निधन भएको हो । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत थिए । कोरोना संक्रमित भएपछि उनी २४ गते अस्पताल भर्ना भएको र उनको कोभिड उपचार केन्द्रको आइसियु कक्षमा उपचार भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । कोरोनापछि प्रतिष्ठानमा मृत्यु हुने उनी १० औं व्यक्ति हुन्… पुरा पढौ

पोखरामा स्वास्थ्यकर्मीसहित १९ संक्रमित थपिए

पछिल्लो अपडेट अनुसार पोखरामा स्वास्थ्यकर्मीसहित १९ संक्रमित थपिएका छन् । पोखरा १५ का २३ वर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोही अस्पतालमा उपचाररत छन् । पोखरा १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् । बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छिन् भने अन्य… पुरा पढौ

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ। उनमा मंगलबार कोरोना पुष्टि भएको हो । ुआज गरिएको परीक्षणका क्रममा मलाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,ु उनले भनेका छन्। उनी होम आइसोलेसनमा बसेका छन् । पुरा पढौ

लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ :

बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं | लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो | त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो | साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो | मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित… पुरा पढौ

अस्पताल प्रमुख संक्रमणमुक्त, दुई सातापछि मनाङ जिल्ला अस्पताल सञ्चालनमा

मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ। जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो। अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो। यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो। सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल… पुरा पढौ

भरतपुर अस्पतालमा कार्यरत पोखराका डाक्टरलाई कोरोना संक्रमण

भरतपुर अस्पताल चितवनमा कार्यरत पोखरा ३० घर भएका एक जना डाक्टरलाई कोरोना संक्रमण भएको छ । भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण यी ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । तनहुँको ब्यास ४ का २६ बर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा डायलासिसका लागि आएका थिए । सोमबारै पोखरा महानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । अब गण्डकीमा संक्रमितको संख्या २ हजार… पुरा पढौ

पोखरा फुड्सका २५ सहित गण्डकीमा थपिए ६७ संक्रमित

पोखरा महानगरमा ३१ जनासहित गण्डकी प्रदेशमा ६७ नयाँ संक्रमित थपिएका छन् । पोखराको पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६७ संक्रमित थपिएका हुन् । पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ र पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं