स्वास्थ्य

३ घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, उपचार नपाउँदा संक्रमितको मृत्यु

झापा अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो… पुरा पढौ

मुस्ताङका एक युवाले तयार पारे कोरोना रोकथाम गर्नसक्ने हिमाली औषधि

जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् । उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन्… पुरा पढौ

ऊर्जामन्त्री पुन आइसोलेसनमा, अंगरक्षकलाई कोरोना

ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने उनका प्रेस संयोजक दयानिधि भट्टले बताए । अंगरक्षकलाई कोरोना पुष्टि भए पनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरा पढौ

कोरोना कहरमा बच्चाको योजना गर्ने कि नगर्ने ?

अहिले विश्वभर नै कोभिड १९ को महामारी फैलिएको छ । यस्तो अवस्थामा कोभिड १९ र गर्भावस्थाबारे जानकारी राख्नु अझ जरुरी हुन्छ । यसबारे धेरैमा अनेक भ्रम छन् भने मानिसमा उस्तै प्रकारका जिज्ञासा पनि छन् । कोभिड १९ एक किसिमको भाइरल इन्फेक्सन हो । यो एउटा नौलो खालको भाइरस कोरोना भाइरसका कारणले हुन्छ । कोरोना भाइरस भन्ने एउटा ग्रुप हुन्छ, त्यसमध्येको यो एउटा नयाँ खालको भाइरस हो । यसले खासगरी श्वासप्रश्वास… पुरा पढौ

रत्ननगरका मेयरलाई कोरोना संक्रमण

चितवनको रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । वनले भदौ २८ मा स्वाब दिएका थिए । आँफ्नतलाइ अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाटै उनलाई कोरोना संक्रमण भएको हुन सक्ने मेयर वनको अनुमान छ। उनी होम आइसोलेसनमा छन् । पुरा पढौ

अधिकारीलाई विश्व–राधा–नेत्रा साहित्य पुरस्कार

विश्व–राधा–नेत्रा साहित्य पुरस्कार यस वर्ष ६ दशकदेखि नेपाली साहित्यको उन्नयनमा साधनारत प्रगतिशील समालोचक प्राडा रविलाल अधिकारीलाई प्रदान गरिने भएको छ । स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा रहेर नेपाली वाङ्मयका क्षेत्रमा साधनारत साहित्यकार देवेन्द्र लम्सालले २०७५ सालमा आफ्ना दिवङ्गत पितामाता विश्वनाथ लम्साल, राधिका लम्साल र नेत्राकुमारी लम्सालको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । समालोचक डा कृष्णराज अधिकारी, कविद्वय मित्रलाल पंज्ञानी र चिन्तु गिरी रहेको तीन सदस्यीय प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न… पुरा पढौ

देउवा कन्ट्याक ट्रेसिङमा, प्रधानमन्त्रीसँगको छलफल रोकियो

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ । उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ । पुरा पढौ

क्षमताभन्दा चौबर कैदी, एकै दिनमा २५९ लाई संक्रमण

सिरहा कारागारमा ३ दिनमै ५ सय कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा सिरहा कारागारका २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिइन् । यो कारागारको क्षमता १ सय ५० जना भए पनि हाल ५ सय ९९ कैदी छन् । सबै संक्रमित कैदीहलाई कारागारमै राखिएको छ । पुरा पढौ

युआरएलमा असोजभरि सबै जाँचमा ४० % छुट

पोखराको सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले असोज महिनाभर सबै जाँचमा ४० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीको विषम परिस्थितिमा अत्यावश्यक जाँचमा सर्वसाधारणलाई सहज होस् छुट दिन लागिएको युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी महामारीमा सर्वसाधारणलाई सहज होस् भनी दिन लागेका हौं ।’ युआरएलले असोज महिनाभरि भिटामिन डी, मधुमेह, थाइराइड, होल बडी लगायत सम्पूर्ण रगत जाँचमा छुट दिइने जनाएको छ । पुरा पढौ

कास्कीमा २९ सहित गण्डकीमा ५० संक्रमित थपिए

कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहानको अपडेट अनुसार कास्कीका २९ मध्ये १ जना रुपा गाउँपालिकाका हुन् भने बाँकी २८ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगरपालिका ४ का ८ पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने वार्ड नं १५ का ४० वर्षका २ जना पुरुष, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं