स्वास्थ्य

प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् । भदौ १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि होम आइसोलेसनमा बसेका उनको आइतबार पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

अख्तियार पोखरा कार्यालयका २ जनामा संक्रमण

पोखरा महानगरपालिकाका ९ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासीको कावासोती ६ का ३८ बर्षीय पुरुष देबचुली नगरपालिकाका वार्ड सचिव हुन् । पुरा पढौ

पोखरा जेसिजको रक्तदान ४८ युनिट रगत संकलन

पोखरा जेसिजको आयोजनामा भएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्थासमेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक कार्यमा क्रियाशिल पोखरा जेसिजले रक्तदानसंगै सप्ताहव्यापी कार्यक्रमसमेत… पुरा पढौ

‘मौलिक हक माग्ने अनसनकारीलाई धरपकड निन्दनीय’

नेपालको चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने… पुरा पढौ

कोरोनाले लियो करिब १० लाखको ज्यान

कोरोना भाइरसका कारण विश्वमा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार ८ सय ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकमा ३ करोड ३० लाख ६२ हजार पुगेको छ । ती संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप… पुरा पढौ

कोलेस्ट्रोल बढी हुँदा पक्षघात, हृदयघातसमेत हुन सक्छ

यो लेखमा म शरीरमा डिसलिपिडिमिया अर्थात् शरीरमा कोलस्ट्रोल बढ्नाले के के हुन्छ ? त्यसका लक्षण के के हुन् ? र यसका उपचार विधि केके छन् भन्ने विषयमा प्रकाश पार्छु । सामान्यतया कोलस्ट्रोल हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो । शरीर संरचनाका लागि, शरीरका अंगको लागि, अंग विकासका लागि, हर्माेन विकास लागि र खाना पाचन गर्ने पित्त जुसका लागि नभई नहुने तत्व हो । कोलस्ट्रोल शरीरलाई चाहिन्छ । यो सिमित मात्रामा… पुरा पढौ

चाडपर्वमा संक्रमणको डर, फेरि लकडाउन हुन सक्ने

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ। यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैं, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि हो कि भन्ने आशङ्का धेरैमा छ। “धेरैको चासो यतिखेर दशैं,… पुरा पढौ

कोरोना संक्रमित सैनिकको छाउनी अस्पतालमा मृत्यु

वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक कोरोना संक्रमित सैनिकको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत ती सैनिक जवानको असोज ९ गते मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो। उनमा असोज ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो। उनलाई छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसीयुमा भर्ना गरी उपचार गरिएको थियो । हालसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित छन् भने ५ सय ३९… पुरा पढौ

२४ घण्टामा थप १७ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। अब नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पहिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार… पुरा पढौ

कोरोनाबाट वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । रासस पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं