लायन्स क्लब अफ पोखरा शान्ति स्तूपा चौतारीले बिहीबार आयोजना गरेको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ ।
यसै वर्ष सुपर स्टार अवार्ड पाउन सफल क्लबले बन्दाबन्दीमा रगत अभावले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा डिष्टि«क गर्भनर मनबहादुर रोक्का, भिडिजी विशेश्वर आचार्य, पिआरओ इन चिफ राम बस्याल, बालकृष्ण शर्मा ,चुँडामणि वराल, शिवराज आचार्य, पोखरा महानगरकी कार्यपालिका सदस्य राधिका शाही योगी, क्लाष्टर २३ का प्रमुख लक्ष्मी बराल, जोनका कुमार आचार्य, पोखरा रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मी ,लाइन्स क्लब पन्चासे चौतारी होमका अध्यक्ष पवनराज वसौला लगायत उपस्थिति थिए ।

क्लबका अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष रंगिला आचार्य र सञ्चालन सचिव सावित्रा ढुंगाना पौडेलले गरेकी थिइन् ।




