आयल निगमका कर्मचारीसहित १६ संक्रमित थपिए

पोखरामा आयल निगमका कर्मचारीसहित १६ संक्रमित थपिएका छन् । पछिल्लो अपडेट अनुसार संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत छन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १९ जना संक्रमित थपिएका हुन् ।

पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं ३ का ४८ बर्षीय पुरुष, वार्ड नं १७ का ४५ बर्षीय पुरुष भारतबाट आएका हुन् ।

अरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।