प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

भदौ १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि होम आइसोलेसनमा बसेका उनको आइतबार पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।