स्वास्थ्य

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं

काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ | दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ | यसपटक हामी विषम परिस्थितिमा छौं | कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन | देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् | यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ | तसर्थ निम्न लिखित उपाय अबलम्बन… पुरा पढौ

शिक्षामन्त्रीलाई पनि संक्रमण

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रेस सल्लाहकार सुनिल खड्काले पोखरेललाई संक्रमण भएको पुष्टि गरे । शनिबार ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई परीक्षणका क्रममा कोरोना देखिएको हो । पोखरेलको स्वास्थ्य अवस्था सामान्य छ । शनिबार पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो । पुरा पढौ

सेनालाई हजार बेडको अस्पताल र १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन लगाऔं

आज संक्रमितको संख्या १ लाख नाघेको छ | काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन, संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ | सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ | उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ |१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् | स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता… पुरा पढौ

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ६७६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमण मुक्त… पुरा पढौ

अब लकडाउन गर्ने योजना छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि लकडाउन गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो । तर अहिले स्वास्थ्य मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन… पुरा पढौ

हाइपर टेन्सन साइलेन्ट किलर हो

हाम्रो मुटुले एउटा पम्प वा मोटरको रुपमा काम गरिरहेको हुन्छ । मुटुुले शरीरमा रहेको रगतलाई तानेर शरीरका हरेक अंग, भागमा पठाउने गर्छ । यही रगत सञ्चार गर्ने क्रममा मुटुमा एक प्रकारको शक्ति, बल या ऊर्जा पैदा हुन्छ । यसैलाई नै हामी रक्तचाप भन्छौं । औसतमा एउटा वयस्क मानिसको रक्तचाप १२०/८० मर्करी वा यसैको सेरोफेरोमा रहन्छ । यही यो बढ्दै गयो र १४०/९० वा सोभन्दा बढी भयो भने यसलाई हामी उच्च… पुरा पढौ

पिसिआर जाँच सित्तैमा गर्न सर्वाेच्चको परमादेश

सर्वोच्च अदालतले पिसिआर परीक्षण निःशुल्क गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने यो जाँच सित्तैमा गर्न आदेश गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पिसिआर परीक्षणको शुल्क नलिन सर्वाेच्चले परमादेश दिएको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते मौलिक हक हनन भएको भनी यसबारे रिट दायर गरेका थिए । अहिले सरकारले… पुरा पढौ

शान्ति स्तूपा चौतारीको रक्तदानमा २६ युनिट रगत संकलन

लायन्स क्लब अफ पोखरा शान्ति स्तूपा चौतारीले बिहीबार आयोजना गरेको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ । यसै वर्ष सुपर स्टार अवार्ड पाउन सफल क्लबले बन्दाबन्दीमा रगत अभावले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा डिष्टि«क गर्भनर मनबहादुर रोक्का, भिडिजी विशेश्वर आचार्य, पिआरओ इन चिफ राम बस्याल, बालकृष्ण शर्मा ,चुँडामणि वराल, शिवराज आचार्य, पोखरा महानगरकी कार्यपालिका सदस्य राधिका शाही योगी, क्लाष्टर २३ का प्रमुख लक्ष्मी… पुरा पढौ

काठमाडौं उपत्यमा संक्रमितको संख्या २५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ। अब उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा  २ हजार १८५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १९११  जना कोरोना संक्रमित पुष्टि भएका छन्। नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको… पुरा पढौ

आयल निगमका कर्मचारीसहित १६ संक्रमित थपिए

पोखरामा आयल निगमका कर्मचारीसहित १६ संक्रमित थपिएका छन् । पछिल्लो अपडेट अनुसार संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १९ जना संक्रमित थपिएका हुन् । पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं