सराङ्गकोट सहकारीका कर्मचारीमा कोरोना, काम बन्द

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था पोखराका एक कर्मचारीमा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।

बजार प्रवद्र्धकमा कोरोना रिपोर्ट देखिएपछि सहकारी हाललाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सहकारीका सचिव कृष्ण थापाले बताए ।

सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारी र सञ्चालक समितिसमेत कन्ट्रयाक्ट ट्रेसिङ्गमा परी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेकाले हाललाई सहकारीको काम सम्पूर्ण रुपमा बन्द गरिएको हो ।