सेनालाई हजार बेडको अस्पताल र १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन लगाऔं

आज संक्रमितको संख्या १ लाख नाघेको छ | काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन, संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ | सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ | उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ |

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् | स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् |

सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस् |
३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् |

२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस् |
३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् |
४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन् |

५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं |
६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् .. त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं | यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो |

कोभिडलाई सामान्य नठानौं | नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन | लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् |

७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ | बाँकि ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ | बाँकी ५ % लाई आइसीयुको सेवा आबश्यक हुन्छ | कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन | त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं | तसर्थ १०० % साबधानी अबलम्बन गरौँ | कोभिडलाई सामान्य नठानौं | नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन | लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् |

८. आधिकारिक सूचना र सल्लाहमात्र अनुसरण गरौँ | भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ | तसर्थ अपडेट हुने बानी बसालौं |

९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ |
१०. महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो | तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ | सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं | यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं |