स्वास्थ्य

पोखरा १७ का संक्रमितको मृत्यु

कोभिड १९ संक्रमण भएका पोखरा १७ का एक पुरुषको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसियुमा उपचारका क्रममा ती ६० वर्षीय पुरुषको आइतबार दिउसो मृत्यु भएको हो । कात्तिक ११ गते भर्ना भएका ती संक्रमितमा निमोनिया, मधुमेह लगायतका समस्यासमेत रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आइतबारसम्म २५ जनाको ज्यान गइसकेको छ । पुरा पढौ

बेलायतमा फेरि एक महिना लकडाउन

बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनमार्फत यही नोभेम्बर ५ देखि देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिस सार्वजनिक स्थलमा भेला हुन नपाइने आदेश जारी गरेका छन्। लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ । यो प्रतिबन्धमा स्कूल, कलेज र… पुरा पढौ

गलकोट, बागलुङका संक्रमितको पोखरामा मृत्यु

गलकोट नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारका ७२ वर्षीय पुरुषको बिहीबार साँझ साढे ५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । उनी गत कार्तिक ८ गते आई।सि।यु।मा भर्ना भएका थिए । अस्पतालका निर्देशक डा अर्जुन आचार्यद्वारा प्रकाशित विज्ञप्तिमा ती पुरुषमा निमोनिया र उच्च रक्तचापको समस्यासमेत रहेको उल्लेख छ । पुरा पढौ

रवि र निकितालाई संक्रमण

पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेलाई कोरोना संक्रमण भएको छ । मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार टेष्ट गर्दा आफूहरुलाई संक्रमण पुष्टि भएको रविले फेसबुकमा लेखेका छन् । उनले भनेका छन्, ‘म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।’ केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्ने उनको भनाई छ । पुरा पढौ

पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन

कोरोना संक्रमणबाट पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोभिड १९ उपचार केन्द्रको आइसियुमा कात्तिक ५ गते भर्ना भएकी ती महिलाको बुधबार राति १२ बजे निधन भएको हो । प्रतिष्ठानका निर्देशन सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ति निकालेर ती महिलामा निमोनिया लगायतका समस्यासमेत रहेको जनाएका छन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने २० औं संक्रमित हुन् । पुरा पढौ

मुस्ताङमा समुदायमा संक्रमण, घरपझोङका स्कुल र यातायात बन्द

मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँबाहिर नगएकी वडा नं ४ की ३८ वर्षीया महिलालाई कोरोना देखिएपछि पालिकाभित्रका स्कुलहरु एक सातालाई बन्द गरिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच गर्न र जोखिम कम गर्न कात्तिक १३ देखि १९ गतेसम्म स्कुल बन्द गरिएको अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए । सिसिएमसीको बुधबारको बैठकले पालिकामा सरकारी र आकस्मिक बाहेकका सवारी साधन सञ्चालनमा पनि… पुरा पढौ

पोखरामा थपिए ८६ संक्रमित, गण्डकीमा ७ हजार पुगे

पोखरा महानगरमा ८९ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीको तेस्रो अपडेट अनुसार पोखरा महानगरमै यी संक्रमित फेला परेका हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा यी संक्रमित पत्ता लागेका हुन् । बुधबार संक्रमण पुष्टि भएका १ सय २१ जनामध्ये ८६ जना पोखरा महानगरका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । पुरा पढौ

प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् । सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने… पुरा पढौ

बाबुराम दम्पत्तीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनकी श्रीमती हिसिला यमीलाई पनि संक्रमण भएको छ । कार्तिक ७ गते लिइएको स्वाब परीक्षणमा आफूहरुलाई संक्रमण पुष्टि भएको डा. भट्टराईले जनाएका छन् । उनीहरु दुवै होम आइसोलेसनमा छन् । उनी हालैमात्र मधेशमा विभिन्न कार्यक्रममा सहभागी भएर फर्केका थिए । पुरा पढौ

प्रिय सरकार, निर्णय फिर्ता लेऊ

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् | टेस्ट नगरेपछि उनीहरुलाई संक्रमण भए नभएको थाहा हुँदैन | उनीहरु समाजमा घुलमिल हुन्छन् | त्यसले संक्रमण थप बढाउँछ |गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् | यो अवस्थाले धेरै नागरिक घरमै गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढेको छ | अस्पतालले शबलाई नुहाएर, संक्रमणरहित बनाएर, प्लाष्टिकमा विधिपूर्वक प्याक गरेर, सेनाले शब ब्यबस्थापन गर्दा त ती सेनामा संक्रमण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं