पोखरामा थपिए ८६ संक्रमित, गण्डकीमा ७ हजार पुगे

पोखरा महानगरमा ८९ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीको तेस्रो अपडेट अनुसार पोखरा महानगरमै यी संक्रमित फेला परेका हुन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा यी संक्रमित पत्ता लागेका हुन् । बुधबार संक्रमण पुष्टि भएका १ सय २१ जनामध्ये ८६ जना पोखरा महानगरका छन् ।

सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।