बाबुराम दम्पत्तीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनकी श्रीमती हिसिला यमीलाई पनि संक्रमण भएको छ । कार्तिक ७ गते लिइएको स्वाब परीक्षणमा आफूहरुलाई संक्रमण पुष्टि भएको डा. भट्टराईले जनाएका छन् ।

उनीहरु दुवै होम आइसोलेसनमा छन् । उनी हालैमात्र मधेशमा विभिन्न कार्यक्रममा सहभागी भएर फर्केका थिए ।