पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन

कोरोना संक्रमणबाट पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोभिड १९ उपचार केन्द्रको आइसियुमा कात्तिक ५ गते भर्ना भएकी ती महिलाको बुधबार राति १२ बजे निधन भएको हो ।

प्रतिष्ठानका निर्देशन सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ति निकालेर ती महिलामा निमोनिया लगायतका समस्यासमेत रहेको जनाएका छन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने २० औं संक्रमित हुन् ।