शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका प्रेस सल्लाहकार सुनिल खड्काले पोखरेललाई संक्रमण भएको पुष्टि गरे । शनिबार ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई परीक्षणका क्रममा कोरोना देखिएको हो ।
पोखरेलको स्वास्थ्य अवस्था सामान्य छ । शनिबार पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।





