स्वास्थ्य

अधिकारीलाई विश्व–राधा–नेत्रा साहित्य पुरस्कार

विश्व–राधा–नेत्रा साहित्य पुरस्कार यस वर्ष ६ दशकदेखि नेपाली साहित्यको उन्नयनमा साधनारत प्रगतिशील समालोचक प्राडा रविलाल अधिकारीलाई प्रदान गरिने भएको छ । स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा रहेर नेपाली वाङ्मयका क्षेत्रमा साधनारत साहित्यकार देवेन्द्र लम्सालले २०७५ सालमा आफ्ना दिवङ्गत पितामाता विश्वनाथ लम्साल, राधिका लम्साल र नेत्राकुमारी लम्सालको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । समालोचक डा कृष्णराज अधिकारी, कविद्वय मित्रलाल पंज्ञानी र चिन्तु गिरी रहेको तीन सदस्यीय प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न… पुरा पढौ

देउवा कन्ट्याक ट्रेसिङमा, प्रधानमन्त्रीसँगको छलफल रोकियो

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ । उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ । पुरा पढौ

क्षमताभन्दा चौबर कैदी, एकै दिनमा २५९ लाई संक्रमण

सिरहा कारागारमा ३ दिनमै ५ सय कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा सिरहा कारागारका २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिइन् । यो कारागारको क्षमता १ सय ५० जना भए पनि हाल ५ सय ९९ कैदी छन् । सबै संक्रमित कैदीहलाई कारागारमै राखिएको छ । पुरा पढौ

युआरएलमा असोजभरि सबै जाँचमा ४० % छुट

पोखराको सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले असोज महिनाभर सबै जाँचमा ४० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीको विषम परिस्थितिमा अत्यावश्यक जाँचमा सर्वसाधारणलाई सहज होस् छुट दिन लागिएको युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी महामारीमा सर्वसाधारणलाई सहज होस् भनी दिन लागेका हौं ।’ युआरएलले असोज महिनाभरि भिटामिन डी, मधुमेह, थाइराइड, होल बडी लगायत सम्पूर्ण रगत जाँचमा छुट दिइने जनाएको छ । पुरा पढौ

कास्कीमा २९ सहित गण्डकीमा ५० संक्रमित थपिए

कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहानको अपडेट अनुसार कास्कीका २९ मध्ये १ जना रुपा गाउँपालिकाका हुन् भने बाँकी २८ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगरपालिका ४ का ८ पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने वार्ड नं १५ का ४० वर्षका २ जना पुरुष, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्… पुरा पढौ

आर्थ्राइटिस (Arthritis) के हो?

Arthritis मांसपेशी-कंकाल प्रणाली (musculo-skeletal system) मा दुखाइ, मानव जातीलाई असर गर्ने सामान्य रोगहरूमध्ये एक हो। मौसम, स्थान, सम्पन्नता आदी जे-जस्तो भए पनि, १३% भन्दा बढी जनसंख्या यो वा अर्को जोर्नीको पीडाले ग्रस्त छन्। जब जोर्नीमा दुखाइसँगै सूजन उत्पन्न हुन्छ र गतिको सीमितता तथा तापक्रम बढ्ने जस्ता परिवर्तनहरू देखिन्छन्, तब बिरामीहरूलाई “Arthritis” भएको मानिन्छ। Arthritis शब्द कुनै एक रोगको पर्यायवाची होइन, बरु कुनै रोगको एक लक्षणमात्र हो। Arthritis वा arthralgia (जोर्नीहरूको… पुरा पढौ

बिपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध पौने ८ करोड भष्ट्राचार आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्रप्रसाद दास विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । उनले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी रुपमा सम्पति आर्जन गरेको अख्तियारको आरोप छ । अख्तियारले आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको छ । ‘तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद… पुरा पढौ

कोरोना संक्रमण भएका वृद्धको मणिपालमा निधन

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको मणिपाल अस्पतालमा सोमबार राति साढे ११ बजे निधन भएको हो । भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । ती वृद्ध क्यान्सरको बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । यता, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३… पुरा पढौ

महानगरका एक स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा महानगरपालिका ८ का एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । उनी २१ वर्षीया महिला हुन् । कास्कीमा १७ जनासहित गण्डकीमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबै जना विदेशबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।… पुरा पढौ

अब नेपालका सबै प्रयोगशालामा पिसिआर जाँच २ हजारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले पिसिआर जाँचको अधिकतम २ हजार रुपैयाँमात्र लिन पाउने निर्णय गरेको छ । सरकारले सबै अस्पतालमा पिसिआर जाँचको शुल्क घटाएको हो।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै शुल्क घटाइएको बताए । नेपालमा ११ निजीसहित ४७ प्रयोगशालामा पिसिआर परीक्षण हुन्छ। कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको पिसिआर जाँच सित्तैमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं