कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्।
उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।
देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ ।
उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ ।




