युआरएलमा असोजभरि सबै जाँचमा ४० % छुट

पोखराको सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले असोज महिनाभर सबै जाँचमा ४० प्रतिशत छुट दिने भएको छ ।

कोभिड १९ महामारीको विषम परिस्थितिमा अत्यावश्यक जाँचमा सर्वसाधारणलाई सहज होस् छुट दिन लागिएको युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी महामारीमा सर्वसाधारणलाई सहज होस् भनी दिन लागेका हौं ।’

युआरएलले असोज महिनाभरि भिटामिन डी, मधुमेह, थाइराइड, होल बडी लगायत सम्पूर्ण रगत जाँचमा छुट दिइने जनाएको छ ।