बिपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध पौने ८ करोड भष्ट्राचार आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्रप्रसाद दास विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

उनले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी रुपमा सम्पति आर्जन गरेको अख्तियारको आरोप छ ।

अख्तियारले आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको छ । ‘तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय रू। ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा निजले रू। १५,३२,०३,३५०।०४ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू। ७,७१,९२,८६०।२४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको’ अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा उल्लेख छ।

आरोपपत्रमा दासकी श्रीमतिलाई समेत प्रतिवादी बनाईएको छ।