महानगरका एक स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा महानगरपालिका ८ का एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । उनी २१ वर्षीया महिला हुन् ।

कास्कीमा १७ जनासहित गण्डकीमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबै जना विदेशबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा छन् ।

अरु संक्रमित भने खोजपड्तालबाट पत्ता लागेका हुन् ।