कोरोना संक्रमण भएका वृद्धको मणिपालमा निधन

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको मणिपाल अस्पतालमा सोमबार राति साढे ११ बजे निधन भएको हो ।

भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । ती वृद्ध क्यान्सरको बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अब गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यता, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४ जना मा संक्रमण पुष्टि भएको हो ।