सिरहा कारागारमा ३ दिनमै ५ सय कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।
प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा सिरहा कारागारका २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिइन् ।
यो कारागारको क्षमता १ सय ५० जना भए पनि हाल ५ सय ९९ कैदी छन् । सबै संक्रमित कैदीहलाई कारागारमै राखिएको छ ।




