कास्कीमा २९ सहित गण्डकीमा ५० संक्रमित थपिए

कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० कोरोना संक्रमित थपिएका छन् ।

बुधबार बिहानको अपडेट अनुसार कास्कीका २९ मध्ये १ जना रुपा गाउँपालिकाका हुन् भने बाँकी २८ जना पोखरा महानगरपालिकाका हुन् ।

पोखरा महानगरपालिका ४ का ८ पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने वार्ड नं १५ का ४० वर्षका २ जना पुरुष, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

रुपा १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा छन् । वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत छिन् ।

तनहुँको घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा छन् । बाग्लुङ जिल्ला, गल्कोट ३ र बाग्लुङ १ का क्रमश ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा छन् ।

अरु सबै संक्रमित खोजपड्तालबाट पत्ता लागेका हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।