स्वास्थ्य

२ हजार २ सयमै कोरोना जाँच

नेपालगन्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । कोरोना जाँचको दायरा बढाउन चौतर्फी माग भएका बेला अस्पतालले यो सेवा सुरु गरेको हो । कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्तिबाहेकले २ हजार २ सय शुल्क तिरेर जाँच गराउन सक्ने छन् । भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार धितालले बताए । पुरा पढौ

पोखराको अस्पताल र सहकारीका कर्मचारीलाई कोरोना

पोखरा महानगरमा अस्पताल र सहकारीमा कार्यरत कर्मचारीसहित २२ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् । पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुष र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा महानगरपालिका १६ का ५२ वर्षीय… पुरा पढौ

कोरोना संक्रमितको उपचार गर्दै चरक मेमोरियल हस्पिटल

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे । पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफूमा सकारात्मक कार्य… पुरा पढौ

पोखराका ३ वडा २६ गतेसम्म सिल

समुदायमा संक्रमण फैलिएपछि पोखराका ३ वटा वडा सिल गरिएको छ । पोखरा १० का अध्यक्ष राजकुमार गुरुङ, पोखरा १२ का अध्यक्ष रामकुमार कार्की र पोखरा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले शुक्रबार संयुक्त रुपमा सूचना निकालेर यसको जानकारी दिएका हुन् । अध्यक्षत्रयले सूचना निकालेर शुक्रबार राति १२ बजेदेखि भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् । यी वडा अन्तर्गतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली, ढिकालेथर,… पुरा पढौ

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’ प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए। स्रोतका अनुसार संक्रमण… पुरा पढौ

गण्डकीमा फेरि २ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको गैडाकोट २ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा हेपाटाइटिस र मृगौलाका बिरामीसमेत थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिहीबार साँझ अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा ६ का ३७ वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रामक तथा सरुवा रोग अस्पतालबाट उनलाई आजै बिहान पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको… पुरा पढौ

शिशुवा अस्पतालमा शल्यक्रियामार्फत् प्रसूति सेवा सुरु

पोखरा महानगरपालिका अन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसूति रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भई पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसूति गराईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रतिभा कोइरालाले जानकारी दिइन् । अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अबदेखि शल्यक्रिया मार्फत… पुरा पढौ

पोखरामा एकै पटक २९ संक्रमित फेला

पोखरा महानगरमा एकै पटक २९ संक्रमित फेला परेका छन् । पोखरा १२ मा ८ जना र पोखरा १० मा ७ जनामा संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ । तनहुँमा २ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३१ संक्रमित थपिएका हुन् । संक्रमितहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । पुरा पढौ

युनाइटेडको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान गर्दै आएको भएता पनि यो पटक कोरोना महामारीका कारण रगतको अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले बताए ।… पुरा पढौ

कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको छ । तनहुँको ब्यास २ की ती महिलाको त्रिवि शिक्षणमा मंगलबार निधन भएको हो । उनलाई मंगलबार नै अल्का अस्पताल, ललितपुरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो । ती महिला मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी थिइन् । उनमा मंगलबार नै कोरोना पुष्टि भएको हो । अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं