गोरखामा कोरोना संक्रमितको मृत्यु, गण्डकीमा १९ पुगे मृतक

गोरखा नगरपालिका ७ की ७६ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनलाई अचेत अवस्थामा शनिबार १२ बजे अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा शनिबार दिउँसो साढे ४ बजे मृत्यु भएको थियो ।

ती महिला ब्रेनह्याम्ब्रेजपछि घरमै उपचाररत थिइन् । ती महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले बताइन् ।

अब गण्डकी प्रदेशमा कोभिड ( १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।