पोखरा फुड्सका २५ सहित गण्डकीमा थपिए ६७ संक्रमित

पोखरा महानगरमा ३१ जनासहित गण्डकी प्रदेशमा ६७ नयाँ संक्रमित थपिएका छन् । पोखराको पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६७ संक्रमित थपिएका हुन् ।

पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ र पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २६ र २३ बर्षका २ महिला स्टाफनर्स हुन् भने ३६ र २७ बर्षका २ महिला सहयोगी कर्मचारी हुन् ।