पोखरा महानगरमा अस्पताल र सहकारीमा कार्यरत कर्मचारीसहित २२ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् । पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुष र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष भारतबाट आएका हुन् ।

पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थाका कर्मचारी हुन् ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ४४ संक्रमित फेला परेका हुन् ।




