पार्कल्यान्ड अस्पतालका २ नर्सलाई कोरोना

पार्कल्याण्ड अस्पताल पोखरामा कार्यरत २ नर्सलाई कोरोना संक्रमण भएको छ । अस्पतालमा कार्यरत २० र २३ वर्षका महिलालाई संक्रमण पुष्टि भएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ । आइतबार बिहानको अपडेटमा कास्कीमा मात्रै २० जनामा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

लमजुङको बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुन् भने अरु सबै खोजपड्तालबाट पत्ता लागेका हुन् ।