जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ

– लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ | गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ |
– अब जनजीवन सहज बनाऔं | हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा परिरहेको छ |

– हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं | कोरोना संक्रमण सामान्य महामारी हो | यो खोप नआएसम्म रहनसक्छ | तसर्थ यसलाई सरलिकृत बनाऔं | ८५ % संक्रमितलाई आफै वा साधारण उपचारले निको हुन्छ | १० % लाई लाक्षणिक उपचारले ठिक हुन्छ | ५ % लाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ | मृत्यु सरदर २-३ % छ | नेपालमा हाल करिब १ % मृत्युदर छ |

– हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं | अज्ञानको पछि नलागौं | आफु क्लियर नभएको कुरा सेयर गरेर, बिदेशी संस्थालाई गालि गरेर वा नभएका बिदेशी उदाहरण दिएर लापरबाही नगरौं |
– भाइरस परिवर्तनशील हुन्छ | यसले स्वरूप परिवर्तन गरिरहन्छ | यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ | नोबेल कोरोना भाइरस नयाँ हो | यसको धेरै अध्ययन हुन बाँकी छ | यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, बैज्ञानिकहरु, बिज्ञहरु तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो | भाइरस निकै ट्रिकी हुन्छ | भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ | तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन | पहिले इटलीमा ९ % मृत्युदर थियो भने अहिले निभैरहन्छकै कम छ | एउटा देशको उदाहरण अर्को देशसंग मिल्दैन | तसर्थ यसको व्याख्या आधिकारिक निकाय र बिज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ |

हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं | कोरोना संक्रमण सामान्य महामारी हो | यो खोप नआएसम्म रहनसक्छ | तसर्थ यसलाई सरलिकृत बनाऔं |

– कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन | नबुझिकन अरुको गोटी नबनौं | यसले हामीलाई फाइदा गर्दैन | विज्ञानको विश्वास गरौँ, अज्ञानको होइन |
– सरकारले लकडाउन वा निशेधाज्ञा खुला गरोस् | रोजगारी बढाओस | उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस् | डुबेका साना व्यापारीलाई बैकल्पिक ब्यबस्था गरोस् | न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस् |
– हामी आम नागरिकले घरबाहिर जाँदा अनिबार्यरुपमा सहि तरिकाले मास्कको प्रयोग गरौँ | व्यक्तिगत दुरी कायम गरौँ | हात सफा गरौँ | भीडभाड नगरौं | यति गर्यौं भने यो महामारी नियन्त्रण हुन्छ |

– हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ | हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीब्र गतिमा बढ्छ | हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ |
– हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ | तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ |
– विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं | हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिदैनन् | हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन् | उनीहरुलाई प्रोत्साहित गरौँ |

हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौँ | खोप आएपछि महामारीको अन्त्य हुनेछ |

– अनाबश्यक बिषयमा बहस गरेर आफुलाई तनाबमा नपारौं | त्यसको कुनै अर्थ छैन | केहि सिप सिकौं | उत्पादनमा लागौं |
– विश्वका धेरै देशमा जनजीवन सहज भएको छ | जनता अनुशाशित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ |

– महामारी एकैपटक संसारभर फैलिएको नयाँरोगको प्रकोपलाई भनिन्छ | यसमा मृत्युदर थोरै / धेरै हुनुको अर्थ हुँदैन |
– बिकसित देशमा भएका आन्दोलनसंग हाम्रो तुलना नगरौं | त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ | यहाँ हामीले आफै हेर्नुपर्छ |
– हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौँ | खोप आएपछि महामारीको अन्त्य हुनेछ |