२ हजार २ सयमै कोरोना जाँच

नेपालगन्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । कोरोना जाँचको दायरा बढाउन चौतर्फी माग भएका बेला अस्पतालले यो सेवा सुरु गरेको हो ।

कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्तिबाहेकले २ हजार २ सय शुल्क तिरेर जाँच गराउन सक्ने छन् । भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार धितालले बताए ।