नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्।
चौधरीले शनिबार सामाजिक सञ्जालमा आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका हुन्। उनी १० दिन आइसोलेसनमा बसेका थिए ।
‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो। त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’ उनले लेखेका छन्‚ ‘मैले जीवनमा तपाईंहरूजस्ताव आफन्त‚ इष्टमित्र‚ साथिभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरूको यस्तै माया पाइरहूँ।’




