पिसिआर जाँच सित्तैमा गर्न सर्वाेच्चको परमादेश

सर्वोच्च अदालतले पिसिआर परीक्षण निःशुल्क गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने यो जाँच सित्तैमा गर्न आदेश गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पिसिआर परीक्षणको शुल्क नलिन सर्वाेच्चले परमादेश दिएको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते मौलिक हक हनन भएको भनी यसबारे रिट दायर गरेका थिए ।

अहिले सरकारले यो जाँचको दुई हजार रुपैयाँ लिँदै आएको छ।आरम्भमा यसको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले पछि घटाएर ४ हजार ४ सय बनाएको थियो ।

सरकारले अहिले पिसिआर जाँचको दुई हजार शुल्क तोके पनि निजी अस्पताल र प्रयोगशालाले शुल्क घटाएका छैनन् ।