पोखरा जेसिजको रक्तदान ४८ युनिट रगत संकलन

पोखरा जेसिजको आयोजनामा भएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ ।

विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्थासमेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सामाजिक कार्यमा क्रियाशिल पोखरा जेसिजले रक्तदानसंगै सप्ताहव्यापी कार्यक्रमसमेत थालेको छ । पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

महानगर प्रमुख जिसीले महामारीको समयमा समेत रक्तदान गर्नु सरानिय कार्य रहेको बताए । ‘अहिलेको विषम् परिस्थितीमा समेत पोखरा जेसिजले रक्तदान गर्नु साच्चैनै सरानिय कार्य हो । अहिले कोरोना प्रकोपले थलिएको समयमा समेत सकरात्मक सन्देश प्रवाह गर्नाले हाम्रो सोचमा परिवर्तन आउँन सक्छ । रगत दिनु भनेको कसैको ज्यान बचाउनु हो ’ जिसीले भने – यसरी नै सामाजिक कार्यगर्दै संस्थाहरु मध्येमै उत्कृष्टता हासिल गर्न सकोस र सप्ताहव्यापी कार्यक्रम उत्साहपुर्व सम्पन्न होस् ।’

पोखरा–१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले जेसिजको कार्य सधैँ सम्मान योग्य रहेको बताए । साप्ताहिक कार्यक्रमका संयोजक मीनराज खड्काले पोखरा जेसिज व्यक्तित्व र नेतृत्वमा कुसल भएर काम गर्ने संस्था भएको बताए ।

कोरोनालाई स्विकारेर सामान्य जीवन जिउनतर्फ लाग्नुको लागि भन्दै आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने बताए । पोखरा जेसिज अध्यक्ष शिवप्रसाद सापकोटाले जिवनदान जस्तो महत्वपुर्ण कार्यमा सरिक हुने सबैैलाई धन्यवाद दिदैँ आफुहरुलाई सामजमा सहयोग गर्न थप हौसला मिलेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य बलराम कुवँरले राखेका थिए भने कार्यक्रम सञ्चालन अनन्त प्रधानाङ्गले गरेका थिए ।