कोरोना संक्रमित सैनिकको छाउनी अस्पतालमा मृत्यु

वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक कोरोना संक्रमित सैनिकको मृत्यु भएको छ।

बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत ती सैनिक जवानको असोज ९ गते मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो। उनमा असोज ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।

उनलाई छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसीयुमा भर्ना गरी उपचार गरिएको थियो । हालसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित छन् भने ५ सय ३९ जना निको भएका छन्।