कोलेस्ट्रोल बढी हुँदा पक्षघात, हृदयघातसमेत हुन सक्छ

यो लेखमा म शरीरमा डिसलिपिडिमिया अर्थात् शरीरमा कोलस्ट्रोल बढ्नाले के के हुन्छ ? त्यसका लक्षण के के हुन् ? र यसका उपचार विधि केके छन् भन्ने विषयमा प्रकाश पार्छु ।

सामान्यतया कोलस्ट्रोल हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो । शरीर संरचनाका लागि, शरीरका अंगको लागि, अंग विकासका लागि, हर्माेन विकास लागि र खाना पाचन गर्ने पित्त जुसका लागि नभई नहुने तत्व हो । कोलस्ट्रोल शरीरलाई चाहिन्छ । यो सिमित मात्रामा हुनु राम्रो हो । तर यही कोलस्ट्रोल शरीरमा अत्यधिक मात्रामा भयो भने विभिन्न लक्षणहरु देखिन्छन् । विभिन्न रोग लाग्छ सक्छन् । यही अवस्थालाई हामी डिसलिपिडेमिया अर्थात् कोलस्ट्रोल बढ्नु भन्छौं ।

सामान्यतया कोलस्ट्रोल बढ्दा शरीरमा केही पनि लक्षण नआउन सक्छ । कोही कोहीलाई शरीरमा साना साना मासुका डल्लाहरु देखिन सक्छन् । खासगरी आँखा र नाकको भाग र हातखुट्टाका जोर्नीमा ससाना मासुका डल्ला, बोसोका डल्ला पलाउन सक्छन् । यसका अलावा अरु लक्षण नदेखिन पनि सक्छन् । लक्षणहरु नदेखिँदैमा यो रोग छैन, होइन भन्न सकिन्न ।

लक्षण नहुँदा नहुँदै पनि शरीरमा कोलस्ट्रोल बढ्नाले शरीरमा धेरै नकारात्मक असरहरु हुन्छन् । शरीरमा यसले धेरै खालका असर गर्न सक्छ । यसका कारण रक्तचाप बढ्ने, हृदयघात हुने, पक्षघात हुने, मधुमेह हुन सक्ने, मोटोपन बढ्ने हुन सक्छ । कोलस्ट्रोल हातखुट्टाका नसामा जम्दा हातखुट्टा झम्झमाउने, लाटो हुने, काम नगर्ने, शिथिल हुने हुन सक्छ ।

सामान्यतया कोलस्ट्रोल बढ्दा शरीरमा केही पनि लक्षण नआउन सक्छ । कोही कोहीलाई शरीरमा साना साना मासुका डल्लाहरु देखिन सक्छन् ।

कोलस्ट्रोल शरीरमा दुई प्रकारले बन्दछ । ८० प्रतिशत कोलस्ट्रोल शरीरले आफैं बनाउँछ । बाँकी २० प्रतिशत हामीले खाने खानाबाट आपूर्ति हुन्छ । कोलस्ट्रोल पाइने खानाहरु दुई प्रकारका छन् ः वनस्पतिजन्य र जीवजन्तुजन्य । वनस्पतिजन्यमा हामीले खाने अन्न र तेलहरु पर्छन् । सामान्यतः वनस्पिति जन्य खानेकुरामा कोलस्ट्रोलको मात्रा शून्य नै हुन्छ । तर यसमा अरु खालका फ्याट, लिपिड भने हुन्छ ।

जीवजन्तुजन्य खानेकुरा, घिउँ, माछा, मासुमा कोलस्ट्रोल र अरु फ्याटको मात्रा बढी हुन्छ । जीवजन्तुजन्य भन्दा वनस्पतिजन्य लिपिड प्रोडक्ट शरीरका लागि कम हानिकारण हुन्छ । त्यसैले भरसक हामीले खानामा वनस्पतिजन्य लिपिड प्रोडक्टलाई प्राथमिकता दिनुपर्छ ।

कोलस्ट्रोल शरीरमा २ प्रकारले पैदा हुन्छ । शरीरले आफैं अनिन्त्रित रुपमा कोलस्ट्रोल पैदा गर्छ । यो वंशाणुगत हुन्छ र एकै परिवारका धेरै सदस्यमा कोलस्ट्रोलको मात्रा बढी देखिन्छ । अर्काे प्रकारमा, हामीले खाएका खानाको माध्यमबाट कोलस्ट्रोलको मात्रा शरीरमा थुप्रिदै जान्छ । अन्य रोगहरु दीर्घकालीन मिर्गाैलाको रोग, कलेजोको रोग, थाइराइड र अरु हर्मनजन्य रोग, कुनै कुनै औषधी, उपचार र विशेष गरी अहिले जीवनशैलीमा रक्सी, चुरोट जस्ता अम्मलहरुले शरीरमा कोलस्ट्रोल बढाउँछन् ।

कोलस्ट्रोल बढेको थाहा पाउन सजिलो छैन किनकी अधिकांशमा यसको लक्षण देखिँदैन । रगत जाँच गरेर कोलस्ट्रोल भए नभएको पत्ता लगाउन सकिन्छ ।

कोलस्ट्रोल बढेको थाहा पाउन सजिलो छैन किनकी अधिकांशमा यसको लक्षण देखिँदैन । रगत जाँच गरेर कोलस्ट्रोल भए नभएको पत्ता लगाउन सकिन्छ । यसका लागि रगतको माध्यमबाट लिपिड प्रोफाइल जाँच गरिन्छ । रगतमा रगतमा हुने एलडिएल कोलस्ट्रोल जसलाई हामी खराब कोलस्ट्रोल भन्छौं, एचडिएल कोलस्ट्रोल जसलाई हामी राम्रो कोलस्ट्रोल पनि भन्छौं । एलडिएल, एजडिएल, टिजी र फिएलडिएल यी चार तत्व मिलेर टोटल एलडिएल बन्छ ।

यसको उपचारका लागि पहिलो सिँढी भनेको खानपिनमा सावधानी हो । बोसो भएका खानेकुरा कम खाने, जीवजन्तुजन्य भन्दा वनस्पतिजन्य खानेकुरा बढी खाने गर्नुपर्छ । हामीले हाम्रो अस्तव्यस्त र तनावपूर्ण जीवनशैली परिवर्तन गर्नुपर्छ । तनाव कम हुँदा शरीरमा कोलस्ट्रोलको मात्रा सन्तुलनमा आउन मद्दत पुग्छ । शरीर व्यायमले पनि शरीरमा कोलस्ट्रोलको मात्रा सन्तुलित बनाउन सघाउँछ । राम्रो आहारविहार र निद्रा शरीरका लागि अपरिहार्य हुन्छ ।

यी उपाय गर्दागर्दै पनि शरीरमा कोलस्ट्रोलको मात्रा बढी भयो भने हामी औषधी, उपचारले त्यसलाई सन्तुलित बनाउँछौं । यसको खाने औषधी हुन्छ, त्यसले काम नगरे खोप पनि लगाउन मिल्छ । यति गर्दागर्दै पनि यसले हृदयघात वा पक्षघात जस्ता खतर निम्त्याएमा ती समस्याको उपचार गर्नुपर्ने हुन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ अधिकारी अन्नपूर्ण सिटी क्लिनिक महेन्द्रपुल, पोखरामा आवद्ध हुनुहुन्छ ।