ऊर्जामन्त्री पुन आइसोलेसनमा, अंगरक्षकलाई कोरोना

ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने उनका प्रेस संयोजक दयानिधि भट्टले बताए ।

अंगरक्षकलाई कोरोना पुष्टि भए पनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।