मुस्ताङ ः ग्रीन जोन सावित गर्न स्वाब संकलन

- मुस्ताङमा करिव ६७ जना व्यक्तिको स्वाब संकलन

कोरोनामुक्त भनिएको मुस्ताङमा शनिबार नमूना स्वाब संकलन भएको छ । मुस्ताङ जिल्ला अस्पताल जोमसोम र लेते प्राथमिक स्वास्थ्य चौकीले सदरमुकाम जोमसोम र म्याग्दी र मुस्ताङको सिमाना घासामा अलग—अलग नमूना स्वाब संकलन गरेको जनाईएको छ ।

जिल्ला अस्पताल जोमसोमको पहलमा स्थानीयतहको स्वास्थ्य शाखा,प्रशासन र सुरक्षाकर्मीको समन्वयमा ५२ जनाको नमूना स्वाब संकलन भएको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।यस्तै ,मुस्ताङको थासाङ—४ घासामा १५ जनाको नमूना स्वाब संकलन भएको वडाध्यक्ष विशाल शेरचनले बताए । योसंगै मुस्ताङमा करिव ६७ जना व्यक्तिको स्वाब संकलन भएको हो ।संकलित स्वाब आजै पोखरा पठाईने अस्पतालले जनाएको छ ।

मुस्ताङमा २ महिना अघि एक ८६ वर्षिय पुरुषले कोरोना जितेपछि जिल्ला कोरोनामुक्त भएको थियो । मुस्ताङमा बर्खायामको बाढी ÷पहिरो र नदी कटानका कारण बेनी—जोमसोम सडक अवरुद्ध भएपछि स्वाब संकलन गर्न कठिन परेको थियो ।

सडक अवरुद्ध तथा हवाई सेवा पनि विगत ६ महिना देखि ठप्पै भएकाले स्वाब प्रयोगशालामा पठाउन समस्या परेको थियो ।यसअघि मुस्ताङ प्रवेश गर्ने व्यक्तिलाई म्याग्दी र मुस्ताङ प्रवेशद्धार घासामा आरडीटी चेकजाचका आधारमा पोजेटिभ देखिए स्वाब पोखरा पठाईने गरिएको थियो ।

यसपटक सरकारले आरडीटी बिस्थापन गरेको र अवरुद्ध सडक संञ्चालनमा आएकाले जिल्लाको घरपझोङ र थासाङमा झन्डै ६० दिनको फेरोमा नमूना स्वाब संकलन भएको हो । मुस्ताङमा यो समय कर्मचारीहरुको सरुवा ÷बढुवाले आउजाउ बढेको र व्यापारीहरुको आवागमन बढेसंगै जिल्ला अस्पतालले स्वाब संकलन गरेको हो ।

अस्पतालका मेसु भण्डारीले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश स्वास्थ्य निर्देशानालयले मुस्ताङ ग्रीन जोन कायम भएकाले अघिल्लो महिनामा कम्तिमा ५० जनाको स्वाब नमूना पठाउन निर्देशन गरेको थियो । जसका कारण अस्पतालले मुस्ताङ आएका व्यापारी ,कर्मचारी,स्वास्थ्यकर्मी,शिक्षक,संञ्चारकर्मी ,सुरक्षाकर्मी र जोमसोमका विभिन्न पसलका व्यवसायी लगायतको नमूना संकलन गरेको मेसु भण्डारीले स्पष्ट पारे ।

ग्रीन जोन मुस्ताङलाई पुष्ठि गर्न संकलित स्वाब नमूनाले योगदान पू¥याउने घरपझोङका स्वास्थ्य संयोजक कर्ण थकालीले बताए । उनले कोरोना परिक्षण बिनै मुस्ताङलाई ग्रिन जोन भनिएको होकी भन्ने आशङ्कालाई तथ्यमा रुपान्तरण गर्न सहयोग पू¥याउने उल्लेख गरे ।

‘ कर्मचारी र व्यापारीको फलो बढ्यो ,सामान्य चेकजाच बाहेक भएको थिएन ‘उनले भने‘ कोरोना लक्षण समेत कसैको देखिएको छैन ,तैपनि स्वाब नमूना संकलन गरेका छौं ।’
संयोजक थकालीले संकलित स्वाब नमूना सबैको नेगेटिभ आएपछि मुस्ताङ ग्रिन जोनमै छ भन्ने बाटो खुल्ने बताए ।

मुस्ताङ आउने व्यक्तिलाई स्थानीय तहकै निगरानीमा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नु पर्ने ,सामाजिक दुरी कायम र स्वास्थ्य सामाग्रीको उपयोग गर्न सुझाईएकाले मुस्ताङमा अहिलेसम्मभ कोरोना लक्षण भएका व्यक्ति फेला नपरेको संयोजक थकालीको भनाई छ ।