भरतपुर अस्पताल चितवनमा कार्यरत पोखरा ३० घर भएका एक जना डाक्टरलाई कोरोना संक्रमण भएको छ । भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण यी ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँको ब्यास ४ का २६ बर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा डायलासिसका लागि आएका थिए । सोमबारै पोखरा महानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

अब गण्डकीमा संक्रमितको संख्या २ हजार ६ सय पुगेको छ ।




