स्याङ्जाका वृद्धको कोरोनाबाट पोखरामा मृत्यु

स्याङ्जाका ८५ वर्षे पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका १ का ती पुरुषको बिहान साढे ६ बजे निधन भएको हो । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत थिए ।

कोरोना संक्रमित भएपछि उनी २४ गते अस्पताल भर्ना भएको र उनको कोभिड उपचार केन्द्रको आइसियु कक्षमा उपचार भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

कोरोनापछि प्रतिष्ठानमा मृत्यु हुने उनी १० औं व्यक्ति हुन् ।